गाडी दुर्घटनामा उपमेयर मगरको मृत्यु

न्युजलय १४ असार २०८३, आइतबार ०५:५७ मा प्रकाशित

काठमाडौँ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको गाडी दुर्घटनामा मृत्यु भएको छ।

शनिबार बेलुकी उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर मुनि रूखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त फेला परेको थियो।

दुर्घटनास्थबाट उद्धार गरी उनलाई उपचारका लागि  प्राथमिक स्वास्थ्य केन्द्र भ्रिंगी पठाइएकोमा राति नै डाक्टरले मृत घोषणा गरेको जिल्लाका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीले जानकारी दिए।

शव पोस्टमर्टका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ।

उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए। उनी गाडीमा एक्लै सवार थिए।

दुर्घटनास्थलबाट उनलाई निकाल्न केही समय लागेको थियो।

५० वर्षीय रानामगर २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए।