काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएको ४ दिनपछि डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज गरिएको नर्भिक अस्पतालले जनाएको छ ।
हृदयघात भएपछि आइतबार साँझ उनलाई परिवारले नर्भिक लगेका थिए । सोही राति नै मुटुमा स्टेन राखिएको र केही दिन उनलाई चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिएको थियो ।
पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।