काठमाडौं। विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार नै अदालतमा हाजिर गराएको छ । उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।
भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई आइतबारै अदालतमा हाजिर गराएको हो ।
एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईंविरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।