२०७८ साल कार्तिक ७ गते अाईतबार

टिकाको शुभ साइत १० बजेर दुई मिनेटमा

न्युजलय २८ असोज २०७८, बिहिबार ०७:०० मा प्रकाशित

काठमाडौँ । यस वर्षको बडादसैँमा टिकाको साइत बिहान १०ः०२ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको । त्यस्तै टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

आज भने नवरात्रीको नवौं दिन नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। सिद्धिदात्रीको उपासनाले भक्तजनले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ। बडादशैंको नवौं दिन विहीवार महानवमी पर्व दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । यस दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ ।

दशैंघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गर्ने परम्परा छ । पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस चढाउने गर्दछन् ।

आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइने समितिले जनाएको छ ।