दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ वर्षीय बालक प्रिन्स थामी रहेको बताइएको छ । पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।
यस्तै, पहिरोले घर पुरिँदा गौरीशंकर गाउँपालिका–७ मार्वु टोपाटारका कृष्ण मगर, मगरकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् ।
उनीहरूको खोजी भइरहेको छ । बिहीबार राति परेको भीषण वर्षाले गौरीशंकर ७र ८ मा ३२ भन्दा बढी घरमा क्षति गरेको छ । टोपाटारबाट ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।