अमेरिकी राष्ट्रपति चुनावको मतगणना सुरु : ट्रम्पको अग्रता

न्युजलय २१ कार्तिक २०८१, बुधबार ०७:११ मा प्रकाशित

काठमाडौँ । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ र मतगणना शुरु हुने क्रममा रहेको छ । केहि राज्यमा मतदान भइरहेको छ भने केहि राज्यमा मतगणना शुरु भएको छ ।


बीबीसीका अनुसार इन्डियाना र केन्टुकी राज्यमा डोनाल्ड ट्रम्पले जितेका छन् र कुल १९ इलेक्ट्रोरल भोट जितेका छन् । त्यस्तै कमला ह्यारिसले भेरमोन्ट राज्यमा जितेर ३ इलेक्टोरल भोट जितेकी छन् ।


मतगणना गर्ने विधि राज्य अनुसार फरक फरक रहेका छन्, साथै प्रयोग गरिने उपकरण पनि फरक रहेको बताइएको छ ।


कतिपय ठाउँमा मतपत्रहरूलाई स्क्यानरमा राखिन्छ भने अन्य ठाउँमा मत रेकर्ड गर्न टचस्क्रिन प्रणाली वा मतपत्र चिन्ह लगाउने यन्त्र प्रयोग गरिएको छ ।


राष्ट्रपतिको निर्वाचन जित्नका लागि उम्मेदवारले कुल ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ ।