इटहरी । इटहरीमा यो वर्ष पनि बाढी पसेको छ । केही दिनयता भइरहेको निरन्तरको बर्षाको कारण खोला तथा नाला बढेर डुबान भएको हो । इटहरीमा टेंग्रा र खेती खोलाको बाढी पसेको छ ।
इटहरी आधा बढी वडाहरु डुबानमा परेका छन् . खोलाहरू थुनिएको कारण इटहरी बजारलगायत विभिन्न ठाउँहरू डुबानमा परेको हो ।
टेँग्रा खोलाको विभिन्न ठाउँमा निकास अवरोध भएपछि डुबान भएको हो । डुबानका कारण कतिपय वस्तिमा मानिसहरु फसेका छन् । उनीहरूको उद्दार गर्ने काम भइरहेको छ । यस्तै
खोला सफा गरेर निकास गर्ने कार्य भइरहेको छ ।