२०७८ साल माघ ६ गते बिहिबार

‘चपली हाइट ३’ को कमजोर ओपनिङ

न्युजलय ३० पुस २०७८, शुक्रबार ०७:५४ मा प्रकाशित
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएका दुबै फिल्मले नेपाली बक्सअफिसमा कमजोर ओपनिङ गरेका छन् । स्वस्तिमा खड्का स्टारर ‘चपली हाइट’ले अपेक्षाभन्दा निकै कम ३० प्रतिशत अकुपेन्सीसहितको ओपनिङ गरेको सम्बन्धित हल संचालकले नेपाल प्रेसलाई बताएका छन् ।
 
आजदेखि नै प्रदर्शनमा आएको जापानी सुपरहिरो फिल्म ‘माइ हिरो अकाडेमिया’ले न्यून सोज संख्याबीचमै १५ प्रतिशत अकुपेन्सी बराबरको सुरुआत गरेको छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले चपली हाइटको तेस्रो सिक्वेललाई शुक्रबार १४ सोज दिएको थियो । 

एक्लै रिलिज भएको चपली हाइटलाई हलहरुले राम्रो सोज प्रदान गरेका थिए । यसको एड्भान्स बुकिङ पनि न्यून थियो । शुक्रबार स्पाइडरम्यान, पुष्पाको अकुपेन्सी पनि करिब ५ प्रतिशतको वरपर थियो ।

शुक्रबारदेखि प्रदर्शनमा आएको जापानी सुपरहिरो फिल्म ‘माइ हिरो अकाडेमिया’ले केही सोज मात्र पाएको थियो । 

शनिबार पनि चपली हाइटलाई क्यूएफएक्सले १४ सोज नै उपलब्ध गराउँदा माइ हिरो अकाडेमियाले सात सोज पाएको छ । कठ्पुतलीले शनिबार ८ सोज, पुष्पाले १४ सोज र स्पाइडरम्यानले क्यूएफएक्समा पाँच सोज दिएको छ ।

पछिल्लो साता तीव्ररुपमा वृद्धि भैरहेको कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन असर नेपाली बक्सअफिसमा देखिएको छ । अर्कोतर्फ, चपली हाइट ३ को ट्रेलरलाई लिएर दर्शकमाझ मिश्रित प्रतिक्रिया पनि प्राप्त भएको थियो ।