काठमाडौं । मंगलबार शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११४.७० अंकले बढेर बजारमा उछाल आएको हो । नेप्से ४.५७ प्रतिशतले बढेर २६२३.५६ विन्दुमा पुगेको छ ।
आज कारोबारमा पनि रौनक देखिएको छ । ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार २४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०७ वटा कम्पनीको कारोबार भएको छ । मंगलबार ९६ हजार ९०६ पटक शेयर किनबेच भएको छ । मंगलबार ३६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।