अनेरास्ववीयू कोशीको अध्यक्षमा जीवी गजल निर्वाचित

न्युजलय १६ भदौ २०८०, शनिवार ०२:४३ मा प्रकाशित

इटहरी । एमाले निकट विद्याथीहरुको सङ्गठन अनेरास्ववीयू कोशी प्रदेशको अध्यक्षमा जीवी गजल निर्वाचित भएका छन् । 

विराटनगरमा भएको प्रथम अधिवेशनबाट  जीवी गजल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अघि अनेरास्ववीयूको सचिवालय सदस्य र २ कार्यकाल सुनसरीका अध्यक्ष भइसकेका छन् । 

कोशी कमिटीको उपाध्यक्षमा भने नारायण पोखरेल र अङ्कित थापा सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा सन्तोष घिमिरे सर्वसम्मत  निर्वाचित भएको अनेरास्ववीयूले जनाएको छ । 

अधिवेशनले ४ जनालाई उप सचिवमा निर्वाचित गरेको छ । निर्वाचित हुनेहरूमा लक्ष्मी न्यौपाने,प्रवेश ठकुरी, पारस राई र रञ्जना घतानी रहेका छन् । 

५१ सदस्य प्रदेश कमिटीको कोषाध्यक्षमा भने नवराज घिमिरे निर्वाचित भएका छन् । अधिवेशनमा ४ सय ३० जना प्रतिनिधि सहभागी थिए ।