परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र

न्युजलय १७ असोज २०८१, बिहिबार ०८:४५ मा प्रकाशित

काठामाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार थिम्पु पुगेका हुन् । 

शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् । 

शाहको भुटान भ्रमण निजी रहेको बताइएको छ । भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ ।