नेप्से परिसूचक २१.१२ अंकले घट्यो

न्युजलय १४ पुस २०८१, आइतबार ०९:२३ मा प्रकाशित

काठमाडौँ । आज नेप्से परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।

आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।

आज पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।