यूएईले जित्यो नेपालसँगको त्रिकोणात्मक सिरिजको उपाधि

न्युजलय १० कार्तिक २०८०, शुक्रबार ०९:०४ मा प्रकाशित


काठमाडौं । यूएईले नेपालविरुद्धको त्रिकोणात्मक सिरिज जितेको छ । शुक्रबार भएको फाइनलमा युएइले चार विकेटले नेपाललाई पराजित गरेको हो ।


उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।


नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।