विवाह बन्धनमा बाँधिदै मौनी रोय

न्युजलय १२ मङ्सिर २०७८, आइतबार ०२:४१ मा प्रकाशित

काठमाडौं ।  नागिन सिरियलमा नागिन बनेर लोकप्रिय बनेकी नागिन मौनी रोयको पनि विवाहको कुरा चलेको छ । 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेको मौनी रोय र सुरज नान्बियारको जोडीले विवाह गर्न लागेका हुन् । मौनीले बिहे विदेशमा गर्ने बताइएको छ । 

मौनी र सुरजले दुवई वा इटलीमध्ये एक ठाउँमा विवाह गर्ने योजना बनाएको बताइएको छ । मौनी र सुरजले आगामी २७ जनवरीमा विवाह बन्धनमा बाँधिने तयारी गरेका छन् । 

२५ र २६ जनवरीमा विवाहको प्रक्रिया शुरू गर्ने समेत बताइएको छ । मौनीको हुनेवाला दुलाहा सुरज बैंकर हुन् । उनी दुबईमा बस्दै आएका छन् ।