२०७८ साल कार्तिक ७ गते अाईतबार

१० रुपैया छुटसहित खसीबोका प्रतिकिलो ६४० रुपैयाँ

न्युजलय २३ असोज २०७८, शनिवार ०४:३० मा प्रकाशित

काठमाडौं । यस वर्षको दशैंका लागि जिउँदो खसी र बोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ तोकिएको छ । दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्य तोकेको हो ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा बिक्रीका लागि राखेका खसी, बोकाको उक्त मूल्य प्रतिकिलो ६५० रुपैयाँ तोकेको छ । तर‚ दशैंका लागि प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । 

कम्पनीले हाल दुई हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ। तर‚ ग्राहकको चाप बढेकाले आवश्यकताअनुसार फेरि थप गर्ने व्यवस्था मिलाइएको छ ।