बेरुतमा इजरायली आक्रमण, ९५ जनाको मृत्यु

न्युजलय १५ असोज २०८१, मङ्गलबार १२:५२ मा प्रकाशित

काठमाडौँ । इजरायलले सेनाले सोमबार राती लेबनानको दहियाहमा हिजबुल्लाहको हातहतियार बनाउने कयौँ स्थानमा ‘सटीक आक्रमण’ गरेको  बताएको छ । 

बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ । सोमबार लेबनानमा इजरायलको पछिल्लो हवाई हमलामा करिब ९५ जनाको मृत्यु भएको र १७२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूका अनुसार लेबनानमा विगत दुई हप्तामा १ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लाखौँ विस्थापित भएका छन् ।

यस अघि लेबनानमा हवाई हमला तीव्र पारेको इजरायलले जमिनबाट पनि लक्षित आक्रमण सुरु गरेको छ ।