नेप्से ५.६ अंकले घट्यो

न्युजलय ३ पुस २०८१, बुधबार ०९:१७ मा प्रकाशित

काठमाडौँ । बुधबार नेप्से परिसूचक ५.६ अंकले घटेर दुई हजार ६२८.२६ बिन्दुमा बजार बन्द भएको छ ।

आज कारोबारमा आएका २४४ मध्ये १४९ कम्पनीको शेयरमूल्य घट्दा ८१ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । बाँकी १२ कम्पनको शेयर स्थिर छ ।

घटेको बजारमा उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा भने सर्किट लागेको छ भने कुथेली बुखेली हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९।९० प्रतिशतले गुमाएका छन् ।

कारोबार रकम निरन्तर घट्दो छ । बुधबार ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर खरिदबिक्री भएकोमा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार भएको छ ।