अब सहकारीले एउटा उत्पादनको खरिद र बजारीकरण गर्नुपर्ने

न्युजलय १६ जेठ २०७९, सोमबार ०१:२१ मा प्रकाशित

काठमाडौं । सरकारले बजेटमार्फत सहकारी क्षेत्रलाई मुलुकको आर्थिक क्षेत्रको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्ने भएको छ । सहकारीलाई कम्तीमा ५० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने व्यवस्था पनि सरकारले बजेटमार्फत गरेको छ ।

 

अब सहकारीले कम्तीमा एउटा उत्पादन खरिद र बजारीकरणको जिम्मा लिनुपर्ने नीति पनि सरकारले ल्याएको छ ।