विराटनगर । झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
बिहिबार (हिजो) राती बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक–३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।
यसैगरी हिजो दिउसो बिराटनगर–१५ १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान–७ का १९ बर्षीय कुशल बराईलीलाई लागूऔषध लुपिजेसिक १३ एम्पुल ,डाईजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका दुवैको थप अनुसन्धान अनुसन्धान भईरहेको छ ।