इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
४९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३२, झापामा २७, सुनसरीमा १६, इलाममा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज १८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९६ महिला र ८४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको ।