काठमाडौ । आईसीसी टी २० विश्वकपको एशिया छनोट प्रतियोगिताको फाइनलमा नेपाल ओमनसँग सुपर ओभरमा पराजित भएको छ।
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रमममा ओमनले नौ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।
रन बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो । जसमा ओमानले २१ रन बनाएको थियो भने नेपालले एक विकेटको क्षतीमा जम्मा ११ रन मात्र बनाउन सक्यो ।