नेप्सेमा परिसूचक १३.३३ अंकले वृद्धि

न्युजलय २२ असार २०७९, बुधबार ०९:२२ मा प्रकाशित

काठमाडौं । तीब्र उतार चढावका बीच बुधबार(आज) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार बजार परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेको हो ।

बुधबार २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर सेयर ३८ हजार ८ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रह्यो ।

आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सीवाईसी नेपाल लघुवित्त, तेह्रथुप पावर, सिभिल बैंक, रिलायन्स फाइनाइन्सको सेयर मूल्य धेरै बढ्ने कम्पनीहरुमा रहे ।