२०७८ साल कार्तिक ७ गते अाईतबार

देशभर आज थप ३६५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

न्युजलय २७ असोज २०७८, बुधबार ०६:४४ मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ५ हजार ५९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ६०९ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। आजको दिनमा देशभर १४ हजार २६७ जना सक्रिय संक्रमित छन्। 

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २७५ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।