२०७८ माघ १२ गते बुधबारको राशिफल

न्युजलय १२ माघ २०७८, बुधबार ०७:२६ मा प्रकाशित

मेष । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि पाइनेछ ।

 

वृष । आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

 

मिथुन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

 

कर्कट । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनसक्छ ।

 

सिंह । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

 

कन्या । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

 

तुला । आज उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शेयर बजार र पेसाव्यवसायका क्षेत्रमा फाइदा पनि हुनेछ

 

वृश्चिक । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

 

धनु । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

मकर । आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।

 

कुम्भ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

 

मीन । आज आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।