सोलुखुम्बु । सोलुखुम्बुस्थित मेरापिक हिमाल आरोहण गरी फर्कने क्रममा बेलायती नागरिक फ्लायन एलेक्जेन्डर कृस्टियानाको मृत्यु भएको छ ।
गत १० कात्तिकमा मेरापिक हिमाल चढ्न गएका उनी ६,४७४ उचाइको आरोहण सकेर फर्कने क्रममा करिब ५ हजार ८ सय मिटरको उचाइमा रहेको हाइक्याम्प लडेका थिए ।
कैलाश एयरको हेलिकोप्टरमार्फत लुक्लास्थित पासाङल्हामु अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।