ओखलढुंगामा पाहा मार्न गएका युवा खोलामा बेपत्ता

न्युजलय ३१ बैशाख २०८१, सोमबार ०१:५९ मा प्रकाशित

ओखलढुङ्गा । ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

आइतबार साँझ  चिशङ्खुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरुसँग पाहा मार्न गएका सिद्विचरण नगरपालिका–५ चुप्लुका २९ वर्षीय सन्तोष राई बेपत्ता भएका हुन् ।

पाहा मार्ने क्रममा चिप्लिएर राई बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।

प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता राईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।