काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा खाना खाएका छन् ।
मेयरमा निर्वाचित भएपछि न्यूयोर्ककको ज्याक्सन हाइटमा रहेको नेपाली लालीगुराँस बिस्ट्रो होटेलमा गएर उनले मःमः खाएका हुन् ।
उनको साथमा कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा न्यूयोर्ककै प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक नेतृ अलेक्जाण्ड्रिया ओकासियो कोर्टेज पनि थिइन् । उनीहरुले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
ममदानीले मङ्गलबार भएको निर्वाचनमा ऐतिहासिक विजय हासिल गरेका हुन् ।