यू–१९ एसिया कपः भारतविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

न्युजलय २६ मङ्सिर २०८०, मङ्गलबार ०५:१० मा प्रकाशित

काठमाडौँ । यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र भारतबीचको खेल ११ः१५ देखि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा सुरु हुँदैछ । 

सेमिफाइनल यात्रा गर्ने हो भने नेपालले आज भारतलाई विशाल अन्तरले हराउनुपर्नेछ । यस्तै, नेपाल सेमिफाइनल पुग्न पाकिस्तानले अफगानिस्तानविरुद्ध पनि उत्कृष्ट जित निकाल्नुपर्ने समीकरण बनेको छ ।

नेपालविरुद्धको खेल भारतका लागि पनि महत्वपूर्ण छ । यदि नेपालसँग हार बेहोरेमा उसको सेमिफाइनल यात्रामा धक्का लाग्न सक्छ । 

नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट तथा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनको हार बेहोरेको थियो ।