सेयर बजार बढ्यो

न्युजलय २७ जेठ २०८३, बुधबार ०३:५३ मा प्रकाशित

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २,७३६.१७ विन्दुमा पुगेको छ।

आज ३५६ कम्पनीका ९२ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर ४९ हजार २४८ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

कारोबारमा १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

१३ उपसमूहमध्ये ७ वटा बढेका र ६ वटा घटेका छन्।