काठमाडौँ । बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.८४ अंकले घटेको छ ।
सो अंकको कमीसँगै परिसूचक २४४९ अंकमा झरेको छ । क वर्गका कम्पनीको सूचक सेन्सिटिभ भने एक अंकमुनि हरियो रह्यो । यस दिन २ अर्ब ६७ करोडको धितोपत्र कारोबार भएको छ ।
बैंकिङ २, ब्यापार १९, विकास बैंक २१, जलविद्युत १७, फाइनान्स १६, निर्जीवन बीमा ६०, उत्पादन २४, माइक्रोफाइनान्स २५ र जीवन बीमा उपसमूह ३४ अंकले घटे । अन्य ४ र होटल तथ पर्यटन समूह भने १८ अंकले बढे ।
कुल ७२ कम्पनीको मूल्य बढ्यो भने १०६ कम्पनीको मूल्य घट्यो । १कारोबार रकमका आधारमा हिमालयन डिस्टलरी अग्रस्थानमा रह्यो ।