दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय

न्युजलय २१ कार्तिक २०८१, बुधबार ०७:२८ मा प्रकाशित

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । योसँगै उनको सांसद पद निलम्बनमा पर्ने भएको छ ।


मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।


दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको घटनाको विरुद्ध मुद्धा परेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।


सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक पटक मन्त्री बनेका थिए ।


संविधानअनुसार मनाङेको सांसद पद रिक्त रहने कि नरहने भन्ने फैसलाको पूर्णपाठ आएपछि निर्धारण हुन्छ । फैसलामा मनाङेको नैतिक पतन उल्लेख भए मात्र उनको सांसद पद रिक्त हुने बताइएको छ।


मनाङे पक्राउ परेर कैद सजाय भुक्तानी गर्दाको अवस्थामा उनको सांसद पद निलम्बित अवस्थामा हुन्छ । 


दीपक मनाङे मनाङ प्रदेश सभा ुकु बाट निर्विरोध निर्वाचित भएका थिए। उनी पाँच पटक मन्त्री बनेका थिए ।