नेप्से परिसूचक १४.०८ अंकले घट्यो

न्युजलय २२ माघ २०८१, मङ्गलबार ०३:३४ मा प्रकाशित

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा पुगेको  छ।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ८ अर्ब बराबरको सेयर कारोबार भएको छ। सोमबार ११ अर्ब ८७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। 

आज  ३१५ स्क्रिप्सको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर ८ अर्ब ९१ करो ९६ लाख  ९७ हजार ७७५ रुपैयाँमा खरिदबिक्री भए।