नेप्से बढ्यो

न्युजलय १७ फाल्गुण २०८२, आइतबार ०९:४१ मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो ।

आज ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ दशमलव ३६ को कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ ।