नेप्से परिसूचक ३४.७१ अंकले घट्यो

न्युजलय २४ असार २०७९, शुक्रबार ०७:०७ मा प्रकाशित

काठमाडौँ । शुक्रबार(आज) सेयर बजार २ हजार अंकभन्दा तल ओर्लिएको छ । 

नेप्से परिसूचक मात्रै नभई सबै उपसमूहका सूचक घटेका छन् । नेप्से परिसूचक ३४.७१ अंक घटेर १९९२ अंकमा कायम भएको छ । कुल १ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो ।

आज कारोबार खुलेदेखि नै बजार ओरालो लाग्यो । बैंकिङ १५, विकास बैंक ९४, फाइनान्स ४७, होटल तथा पर्यटन ८४, जलविद्युत् ५९, जीवन बीमा १९३, उत्पादन १२२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा ८९, अन्य २७ र ब्यापार उपसमूह ६५ अंक घटे । 

कुल १४ कम्पनीको मूल्य मात्रै बढ्यो भने १७६ को घट्यो ।