२०७८ साल मङ्सिर १३ गते सोमबार

दीपाश्री निरौला अभिनित गीतको भिडियो ‘कति बस्छ्यौ माइतीकै कौसीमा’ सार्वजनिक(भिडियोसहित)

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार १०:५१ मा प्रकाशित

काठमाडौं । छक्कापञ्जा टिमले तयार पारेको ‘कति बस्छ्यौ माइतीकै कौसीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियो म्युजिक नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । यो गीत पुरानो भर्जनमा पनि चर्चित हो । तर यसलाई हिमाल श्रेष्ठ र अन्जु पन्तको स्वरमा रिमेक गरिएको हो ।

यसअघिको ओर्जिनल स्वर स्वर्गिय गायक राम थापाकोको रहेको थियो । नयाँ भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ लगातका कलाकारहरुको अभिनय रहेको छ ।