रोनाल्डोको दुई गोलमा बोस्नियामाथि पोर्चुगलको फराकिलो जित

न्युजलय ३० असोज २०८०, मङ्गलबार ०१:५१ मा प्रकाशित

काठमाडौं । युरोकप छनोटमा रोनाल्डोको २ गोलको सहयोगमा पोर्चुगलले बोस्निया–हर्जगोभिनालाई पराजित गरेको छ । 


युरोकपमा छनोट भइसकेको पोर्चुगलले बोस्निया–हर्जगोभिनालाई ५–० ले पराजित गरेको हो । रोनाल्डोले उत्कृष्ट प्रदर्शन कायम राखेका हुन् । 


पोर्चुगलको जितमा थप गोल जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजको समान १–१ गोल गरे। पोर्चुगलले पाचौं मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै खेलमा अग्रता बनाएका थिए। रोनाल्डोले नै २०औं मिनेटमा अग्रता दोब्बर बनाए। फेलिक्सको पासमा उनले गरेको गोल भिएआरको सहयोगमा गोल भएको थियो।


त्यसलगतै २५ औं मिनेटमा फर्नान्डेजले गोल थप्दा ३२औं मिनेटमा क्यान्सेलोले चौंथो गोल गरे। उनले बक्सको छेउबाट गरेको सटिक प्रहारले जाली चुमेको थियो। फेलिक्सले ४१औं मिनेटमा पोर्चुगलको अग्रता ५–० मा पुर्याउँदा उनको गोलपनि भिएआरको मद्दतमा नै गोल दिएको थियो।


युरो कपमा छनोट भइसकेको पोर्चुगलको ८ खेलमा २४ अंक बनाएको छ। समूहको दोस्रो स्थानमा रहेको स्लोभाकियाको समान ८ खेलमा १६ अंक छ। पराजित बोस्निया ९ अंकसहित पाँचौं स्थानमा छ ।