नेप्से ७२.३० अंकले घट्यो

न्युजलय १९ मङ्सिर २०७८, आइतबार ०९:०५ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से ७२.३० अंकले घटेको हो । 

सो गिरावटपछि परिसूचक २५१३ अंकमा झरेको छ । आइतबार ४ अर्ब रुपैयाँको कारोबार भएको छ । सबै उपसमूह राताम्मे भएका छन् ।

बैंकिङ ४०, ब्यापार ११८, होटल तथा पर्यटन ८२, विकास बैंक २०३, जलविद्युत ९६, फाइनान्स १०८, निर्जीवन बीमा २५१, उत्पादन १२४, अन्य ७१, माइक्रोफाइनान्स १३१ र जीवन बीमा ३७२ अंकले घटे ।

न्यादी हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले बढेको छ । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ । योबाहेक अरु ८ कम्पनीको सेयर मूल्य पनि बढ्यो ।