प्रदेश १ मा आज थप ९० जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०२:१२ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २९ महिला र २४ जना पुरुष रहेका छन् ।


पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।