चट्याङ लागेर वडा सदस्यको मृत्यु

न्युजलय ५ साउन २०८०, शुक्रबार १२:४२ मा प्रकाशित

रोल्पा । चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको निधन भएको छ ।

चट्याङमा परेर सुनछहरी गाउँपालिका –३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ ।

चट्याङकौ अर्को घटनामा थप २ जना घाइते भएका छन । सुनछहरी गाउँपालिका –२ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।