खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु

न्युजलय ३० असोज २०७८, शनिवार ०६:५३ मा प्रकाशित

 खोटाङ । खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो ।

उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए । 

शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राउतको शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।