काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २२ अङ्कले बढेको छ । साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक २२.१४ अङ्कले बढेर २७६०.२१ को बिन्दुमा अडिएको छ ।
बजारमा २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयरको खरिदबिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ५ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन आइतबार नेप्से परिसूचक ६२.५४ अङ्कले बढेर २७३८.०६ को बिन्दुमा बन्द भएको थियो । ।