काठमाडौँ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.५९ अंकले बढेर बन्द भएको छ । बुधबार १३.३५ अंकले घटेर नेप्से २ हजार ६ सय ३५.९४ विन्दुमा बन्द भएको थियो ।
बिहीबार ४.५९ अंकले बढेर २ हजार ६ सय ४०.५४ अंकमा उक्लेको हो ।
बिहीबार कारोबारमा आएकामध्ये १२९ कम्पनीको सेयर मूल्य बढ्यो, ११५ कम्पनीको मूल्य घट्यो र १५ कम्पनीको स्थिर रहयो ।
बिहीबार दिन कुल ६९ हजार २६१ पटकको सेयर कारोबारमा १ करोड ४ लाख ३१ हजार ७ सय ६० कित्ता सेयर किनबेच भए ।