नेप्से परिसूचक ४ अंकले घट्यो

न्युजलय २ असोज २०८१, बुधबार ०३:५४ मा प्रकाशित

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम  आज पनि जारी रह्यो। 

यसदिन नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आज ३२० स्क्रिप्सको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन कारोबारमा आएका स्टक्समध्ये  ७४ वटाको  मूल्य बढ्दा १६३ वटाको घट्यो भने ७ वटाको मूल्य स्थिर रह्यो।