सुबिनसँग केआइइसी इजोरिया इटहरी संवाद हुँदै

न्युजलय २२ फाल्गुण २०७९, सोमबार ०८:५३ मा प्रकाशित

इटहरी । इटहरीमा केआइइसी ‘इजोरिया इटहरी संवाद’ हुने भएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई पठनशैलीको विकास गर्न इजोरिया उपन्यासका लेखक सुबिन भट्राईको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो । इटहरी जुनियर जेसिजको आयोजनामा हुन लागेको कार्यक्रम इटहरीका पाँच ओटा कलेज र केआइसी इटहरीको हलमा त्यहीँका विद्यार्थीहरुका माझमा गरिनेछ ।

इटहरी जुनियर जेसीजकी अध्यक्ष स्मृति न्यौपानेले विद्यार्थीलाई लेखकसँग संवाद गरी पठनशैली तथा लेखनशैलाई अघि बढाउन सकिन्छ भन्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । ‘किताब पढ्नुको अर्थ र विशेषताबारे लेखकसँग अन्तरसंवाद गर्न पाउँदा विद्यार्थीले धेरै कुराहरु बुझ्न सक्नेछन्,’ अध्यक्ष न्यौपानेले भनिन् । 

कार्यक्रमको फागुन २८ गते बिहान कस्तुरी कलेजमा, मध्यान्न कोशी कलेजमा गरिनेछ भने दिउँसो विश्व आदर्श कलेजमा सञ्चालन हुनेछ । 

यस्तै २९ गते बिहान सुष्मा कलेजमा र नमुना कलेजमा गरिनेछ भने दिउँसो १ बजेदेखि आइइसीको हलमा कार्यक्रम सञ्चालन हुने अध्यक्ष न्यौपानेले बताइन् । 

कलेजमा हुने कार्यक्रममा विद्यार्थीले इजोरिया पुस्तक लेखक भट्राईसँग अन्तरसंवाद गर्न पाउनेछन् । उक्त संवादलाई अझ रोचक र तथा सान्दर्भिक बनाउन पत्रकारद्वय मिलन बुढाथोकी र विराट अनुपम आउनेछन् । 

इजोरिया पुस्तक लेखक भट्टराई पछिल्लो समय युवा पुस्तामाझ चर्चित लेखक हुन् । उनले लेखेका प्रिय सुफी, मनसुन, साया, समर लभ लगायत उपन्यासहरुका पाठक र फ्यानहरु धेरै छन् ।