२०७८ साल मङ्सिर १३ गते सोमबार

रियल मी बन्यो नेपालमा धेरै बिक्री हुने तेस्रो ठूलो स्मार्ट फोन

न्युजलय ३१ कार्तिक २०७८, बुधबार ०७:१० मा प्रकाशित
काठमाडौं । नेपालमा धेरै बिक्री हुने स्मार्ट फोनमा रियल मी तेस्रो ठूलो ब्राण्ड बनेको छ।

क्यानालिसमा प्रकाशित रिपोर्टअनुसार सन् २०२१ को तेस्रो क्‍वार्टरमा रियल मीले तेस्रो स्थान ओगटेको हो। 

रियल मीले अघिल्लो क्‍वार्टरको तुलनामा तेस्रो क्‍वार्टरमा २५७ प्रतिशतले बिक्री बढाउँदै तेस्रो स्थान ओगट्न सफल भएको जनाएको छ। पछिल्लो क्‍वार्टरमा अनुमानित सेल(इन स्मार्ट फोन ढुवानीअन्तर्गत यो रिपोर्ट अध्ययन गरिएको थियो।

हाल नेपाली बजारमा रियल मीले १४ प्रतिशत हिस्सा ओगटेको छ। अघिल्लो क्‍वार्टरको तुलनामा यो क्‍वार्टरमा रियल मीले २५७ प्रतिशतको स्मार्ट फोन ढुवानी बढाएको हो।

नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोबाइल्सको साथमा रियल मीले नेपालमा सन् २०१९ मा डेब्यू गरेको थियो।