भारतमा २६ नक्साल विद्रोही मारिए

न्युजलय २८ कार्तिक २०७८, आइतबार ०१:३० मा प्रकाशित

काठमाण्डौ । भारतीय प्रहरीको कारबाहीमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । 

महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । सो भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रममा अरु केही प्रहरी घाइते भएका बताइएको छ ।

महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जङ्गलमा सो भिडन्त भएको थियो । यस भिडन्तका क्रममा मारिएका २६ नक्सालको शव प्रहरीले फेला पारेको जनाएको छ ।कतिपय विद्रोहीहरु भागेका र अरु केही घाइते भएका छन् । सो जङ्गलमा उनीहरु लुकेर बसेका सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ ।

यी नक्सालहरु भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रही आएका छन् । ती क्षेत्रहरुमा सुरक्षा व्यवस्था पनि कडा पारिएको भारत सरकारले जनाएको छ ।