काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४८० जनाको नमुना परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ५४ जना नै संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ७२१ जना सक्रिय कोरोना संक्रमित छन् ।