कलेजको छतबाट हामफालेर विद्यार्थीले गरे आत्महत्या

न्युजलय २ असार २०८३, मङ्गलबार ०२:५३ मा प्रकाशित

काठमाडौं । ललितपुर जावलाखेलस्थित डीएभी कलेजका विद्यार्थीले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् ।

१८ वर्षका आर्यन सिंह डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत थिए । सोमबार दिउँसो विद्यार्थी सिंहले छतबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

उनलाई तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा चिकित्सकले सोमबार नै मृत घोषित गरेका थिए । सिंहको काठमाडौं महानगरपालिका–७, चावहिल घर रहेको जनाइएको छ । सिंहले छतबाट हाम फाल्नुअघि हिन्दी भाषामा कपीमा केही कुरा लेखेका छन् । 

घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।