१ सय ५ अङ्कले बढेको शेयर बजारमा हरियाली

न्युजलय १६ माघ २०७८, आइतबार ०९:१४ मा प्रकाशित

 काठमाण्डौ । आइतबार(आज) शेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेर हरियो भएको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय पाँच दशमलव ५५ अङ्कले बढेर दुई हजार आठ सय ८५ दशमलव ५३ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ । 

आज दुई सय ३१ कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दुई सय ३१ मध्ये ११ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।