प्रिसेसनमा दोहोरो अंकले बढ्यो नेप्से

न्युजलय ५ भदौ २०८१, बुधबार ०४:५९ मा प्रकाशित

 काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १४.६९ अंकले बढेको छ । 

१४.६९ अंकले बढ्दै प्रि ओपन सेसनमा नेप्से २९८१.०३ को बिन्दुमा उक्लिएको छ ।

यो सेसनमा ५० हजार ८७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ करोड २६ लाख ११ हजार रुपैयाँ बराबरको भयो ।

प्रि–ओपन सेसनमा कारोबार भएका ९९ कम्पनीमध्ये ५३ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ ।